नाटक महोत्सवमा मंगलबार ‘सुरुङ’ देखाइयो, अन्तिम दिन ‘शत्रु’

विराटनगर ४ असार । विराटनगरमा जारी नाटक महोत्सवको चौथो दिन मंगलबार ‘सुरुङ’ मञ्चन गरिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ट पोखरेल नाटकघरमागौरादह जेसीज तथा झोराहाट नाट्य समूहले भरत ‘बर्बरिक’ द्धारा निर्देशित नाटक मञ्चन गरिएको हो । लागु औषधको डरलाग्दो सुरुङभित्र युवा तन्नेरीहरुको प्रवेशले निम्त्याउने अनेकन दुष्परिणामलाई नाटकले देखाएको थियो । सौरभ भट्टराईद्धारा लिखित उक्त नाटकमा लीला […]

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

विराटनगर ३ असार । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ । ग्रामथान–४ घर भएका उनी ५६ वर्षका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईका अनुसार सोमबार दिउँसो १ बजेतिर अध्यक्ष थारुको निधन भएको हो । उनी २०८० माघ १० गते साँझ विराटनगरस्थित होटल स्टर्न स्टारमा बेहोस भएर ढलेका थिए । […]

कोशीमा भोलि धिमाल जातिका लागि सार्वजनिक बिदा

विराटनगर १ असार । कोशी प्रदेशमा भोलि धिमाल जातिका लागि सार्वजनिक बिदा दिइएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले धिमाल जातिको प्रमुख पर्वका अवसरमा बिदा दिने निर्णय लिएको हो । धिमाल जातिले आफ्नो प्रमुख पर्व जात्री/सिरिजात मनाउँदै छन् । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पर्वका अवसरमा प्रदेशभरिका […]

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड ( पूर्णपाठ सहित)

विराटनगर, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेशसभामा सो बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब […]

कोशी प्रदेशका संचारमाध्यमको विकासका लागि २ करोड ५० लाख

विराटनगर १ असार । कोशी प्रदेश सरकारले संचारमाध्यमको विकासका लागि २ करोड ५० लाख विनियोजन गरेको छ । प्रदेश भित्रका संचारको विकासका लागि सो रकम खर्च गरिने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो । उहाँले संचारमाध्यमको […]