कोरोना बीमाको दावी भुक्तानी हुन्छ : सिलवाल

विराटनगर २२ साउन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी हुने बताउनु भएको छ । सरकारले कोरोना बीमाको पैसा दिने प्रतिवद्धता जनाएको उहाँले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ मोरङमा मंगलबार प्राधिकरणले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानी गर्नेपर्ने बताउनुभयो । आफू काठमाडौं पुग्ने बितिक्कै बीमा कम्पनीहरूसँग […]

विद्युत प्राधिकरणले साढे ८ अर्ब हैन २२ अर्ब उठाउन बाँकी छ : सभापति पोखरेल

विराटनगर २२ साउन । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विवादास्पद बनेको विद्युत बक्यौताको सन्र्दभमा उद्योगी ब्यवसायीलाई भेट्नुलाई अन्यथाको रुपमा लिन नहुने बताउनु भएको छ । मंगलबार विराटनगरमा पत्रकारसँगको कुरकानीमा सभापति पोखरेलले उद्योगी ब्यवसायीसंग कार्यालय वा बाहिर भेट्नु र छलफल नै गर्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो । डेडिकेटेड र टं«क लाइन सेवा उपभोग गरेवापतको […]

छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउँछौं : मुख्यमन्त्री कार्की

विराटनगर २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको छ । उहाँले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको हो । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बीमा इकाई स्थापना गर्ने जानकारी दिनुभयो । नेपाल बीमा प्राधिकरणको […]

विराटनगर महानगरपालिकासँग बीमाबारे अन्तरक्रिया

विराटनगर २२ साउन । नेपाल बीमा प्राधिकरणले बीमाबारे विराटनगर महानगरपालिकासँग अन्तरक्रिया गरेको छ । सोमबार नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा स्थानीय सरकारसँग बीमा अन्तर्गत अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले नेपालमा पनि विदेशको जस्तै दावी भुक्तानी सहज गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा मोटर बीमामा दाबी भुक्तानी प्रदान […]

जनताको आर्थिक समृद्धिलाई जोड्न योजना कार्यान्वयन गरिने : मुख्यमन्त्री कार्की

विराटनगर १८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश योजना आयोगको बैंकमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको बताउनु भएको छ । प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न प्रदेश सभा […]