संसद महासचिवको पत्र कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाण्डौं, २३ मंसिर । सर्वाेच्च अदालतले संसद महासचिवको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका छ । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्वन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारी […]

मोरङको कटहरीमा एम्बुलेन्स चालकमाथि आक्रमण

विराटनगर, २३ मंसिर । मोरङको कटहरी गाउँपालिका–२ मा गयराति एम्बुलेन्स चालकमाथि आक्रमण भएको छ । जहदा गाउँपालिका–४ की एक जना गर्भवतीलाई प्रसूतिका लागि विराटनगरको कोसी अस्पताल ल्याउँदै गरेको को १ च ४०७९ नम्बरको एम्बुलेन्सलाई सडकमै रोकेर चालकमाथि आक्रमण गरिएको हो । चालक विराटनगर महानगरपालिका–७ का ३७ वर्षीय चन्दन मुखियालाई राति ८ः३० बजेतिर आक्रमण गरिएको प्रहरीले […]

विराटनगरका अटोमोवाइल्स व्यवसायीहरु आन्दोलित

विराटनगर, २२ मंसिर । अटोमोवाइल्स व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन विराटनगर र नाडा अटोमोवाईल्स एसोसिएशन नेपालले विराटनगरस्थित महेन्द्र चौकमा आज धर्ना दिएका हुन् । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि […]

कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्छ : विजयकुमार गच्छदार

विराटनगर, २२ मंसिर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु पर्ने बताउनु भएको छ । पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको भन्दै उहाँले काग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताउनुभयो । ‘कसैको पनि बहुमत आएन । अस्थिरताको चिन्ता बढेको छ । यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर […]

कांग्रेसमा अन्तर्घात गर्नेको विवरण १५ पुसभित्र पठाउन निर्देशन

विराटनगर १८ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ । आज एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा […]