महिला सहभागिता सुनिश्चित गर्न उम्मेद्वार दिएकी हुँ – नमिता न्यौपाने

विराटनगर, १५ वैशाख । विराटनगर महानगर पालिकाको उपमेयर पदकी स्वतन्त्र उम्मेद्वार माओबादी नेतृ नमिता न्यौपानेले महिला सहभागिताको सुनिश्चत गर्न आफ्नो उम्मेद्वारी भएको बताउनु भयो । गठबन्धनका तर्फबाट विराटनगर महानगर पालिकामा मेयर र उपमेयर दुबै पदमा पुरुषलाई नै उम्मेद्वार बनाएपछि आफू उपमेयर पदमा उम्मेद्वार बन्न बाध्य भएको उहाँको भनाइ छ ।विराटनगर महानगर पालिकामा गठबन्धनका तर्फबाट मेयरमा […]

प्राधिकरणमा तालाबन्दी गर्ने मोरङका उद्योगी व्यवसायीको चेतावनी

विराटनगर, १६ वैशाख । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीले अघोषित लोडसेडिङ तत्काल हटाउनुपर्ने माग गरेका छन् । माग पूरा नभए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । तालिका बिना नै मनलाग्दी लोडसेडिङ गरिँदा औद्योगिक क्षेत्र संकटमा परेको गुनासो उनीहरुको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले तत्काल समस्याको समाधान नभए आगामी बुधबारबाट आन्दोलनमा उत्रने […]

नेपाली काङ्ग्रेस विराटनगरको चुनावी सङ्कल्पपत्र सार्वजनिक (संकल्प पत्र सहित )

विराटनगर, १६ वैशाख । नेपाली काङ्ग्रेस विराटनगरले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भ पारेर तय गरिउका कार्यक्रमहरु समेटिएको संकल्प पत्र सार्वजनिक गरेको छ । विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताको बिजुलीको महशुल तिरिदिनेसहितका विभिन्न कार्यक्रमसमेटिएका चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । आज काङ्ग्रेसको महानगरसमितिले एक कार्यक्रम गरी स्थानीय तह निर्वाचनका सन्दर्भमा बनाइएको सङ्कल्पपत्र […]

उपमेयर उम्मेदवार शिल्पा कार्कीविरुद्धको उजुरी खारेज

विराटनगर, १६ वैशाख । विराटनगर महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निराला कार्कीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार विराटनगरमा मनोनयन दर्ता गराएका ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । सबै उजुरी आज खारेज गरिएको र उम्मेदवारी सदर गरिएको जानकारी उहाँले दिनु भयो […]

भोजपुरमा माधव नेपालको पार्टीलाई धक्का

भोजपुर, वैशाख १५ । निर्वाचनकै मुखमा गठबन्धन दलका कार्यकर्ताहरु एमाले प्रवेश गर्न थालेपछि भोजपुरमा गठबन्धन दललाई धक्का लाग्न थालेको छ ।दिनहुँ जसो गठबन्धनवाला दल कांग्रेस, माओवादी केन्द्र र माधव नेपालको पार्टी एकिकृत समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम तीब्र बनेको छ ।बुधबार मात्रै एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष सहित १०५ जना नेता कार्यकर्ता नेकपा एमालेमा […]