मोरङमा गठबन्धनमा सहमति जुटाउने प्रयास जारी

विराटनगर, ५ वैशाख । सत्तारुढ गठबन्धनले मोरङमा स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि सहमति जुटाउने प्रयास जारी राखेको छ । नेताहरुले गठबन्धन सहमतिनजिक पुगेको बताएका छन् । भागबन्डा मिलाउन ४ दलद्धारा गठित कार्यदलले निस्कर्ष निकाल्न नसकेको प्रतिवेदन बुझाएपछि गठबन्धनको जिल्लास्तरीय संयन्त्रले सहमतिका लागि प्रयास जारी राखेको हो । संयन्त्रमा भएको छलफल सहमतिनजिक पुगेको नेपाली कांग्रेस […]

सत्तारुढ ५ दलीय गठबन्धनले उम्मेदवारको भागवण्डा भोलिसम्म टुंगो लगाउने

विराटनगर, ४ वैशाख । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा भोलि सोमबारसम्म टुंगो लगाउने भएको छ । आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् । यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा […]

निर्वाचन आचारसंहिता पालना गर्न मोरङका राजनीतिक दलहरु प्रतिबद्ध

विराटनगर, ४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वतन्त्र, पारदर्शि एवं निश्पक्ष बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरले जिल्ला स्थित क्रियाशील राजनीतिक दलहरुसँग छलफल गरेको छ । छलफलमा दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिता विषयमा कार्यालय प्रमुख लेवन कास्यप अधिकारीले विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । मतदाता समेतलाई निर्वाचन आचार संहिता लाग्ने भएकाले निर्वाचन सम्बन्धमा […]

विराटनगरको मेयरमा कांग्रेसबाट ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस

विराटनगर, ३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्रको दल नेपाली कांग्रेसको विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको छ । विराटनगर महानगरपालिकामा कांग्रेसले मेयरका लागि ७ र उपमेयरका लागि १२ जनाको नाम पार्टी केन्द्रीय समिति समक्ष आज सिफारिस गरेको हो । पार्टीको विराटनगर समिति सभापति दीपक चपागाईंका अनुसार मेयर […]

स्थानीय तह निर्वाचनका लागी मोरङमा सुरक्षा समितिको तयारी तीव्र

विराटनगर, ३ वैशाख । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लागी मोरङ जिल्लाका संवेदनशिल मतदान स्थल तथा केन्द्रहरुको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी भेगसंग तथा नेपाल भारत सिमासंग जोडिएका मोरङको पालिकाहरुमा रहेका संवेदनशिल मतदान स्थलको समितिले अनुगमन गरेको हो । कतिपय मतदान स्थलहरु भैगोलिक विकटता तथा सडकको पहुच भन्दा […]