वन, पर्यटन तथा वातावरण मन्त्रालयले विराटराजदरबार–बर्जु हाफ म्याराथन गर्दै

विराटनगर, १ जेठ । कोशी प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयले ‘हाफ म्याराथन प्रतियोगिता’ गर्ने भएको छ । आगामी जेठ ६ गते शनिबारका दिन बिहान ६ बजे सो प्रतियोगिता विराटनगर भेडियारीस्थित विराटराजाको दरबार देखि सुनसरीको बर्जु तालसम्मको दूरीमा हुने भनिएको छ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ नाराका साथ हुने सो प्रतियोगिताले […]

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा दोषी देखिएकालाई कारवाहीको माग

विराटनगर १ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा दोषी देखिएका राजनीतिक दलका नेताहरुलाई कारवाहीको माग गरिएको छ । भ्रष्टाचार विरुद्धको नागरिक संस्था मोरङ विराटनगर संस्थाका अध्यक्ष तथा पत्रकार सम्पादक मोहन भण्डारी र संस्थाका निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नेतृत्वको टोलीले आज मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई […]

उद्योगहरुको सुरक्षा, सवलीकरण तथा महासंघको स्थायी संरचना मुख्य प्राथमिकता : अध्यक्ष राउत

विराटनगर ३१ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षासँगै सवलीकरण गर्दै लैजाने बताउनु भएको छ । उहाँले कोशी प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षाको प्रत्याभूती गराउँदै सवलीकरण गरिदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । आज विराटनगरमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी […]

मकैको खोस्टाबाट फूल

विराटनगर ३१ वैशाख । मकैको खोस्टाबाट फूल । सुन्दा अचम्म लाग्न सक्छ । तर, मोरङको धनपालथानका अपाङ्गता भएका महिलाहरुले मकैको खोस्टाबाट आकर्षक फूल बनाएका छन् । बजारमा छ्याप्छ्याप्ती भित्रने कृतिम फूलहरुको तुलनामा धेरै आकर्षक र बर्षैं सम्म सजाएर राख्न सकिने गरि महिलाहरुले सजावटका फूलहरु, बुकी, ब्याच निर्माण गरेका छन् । धनपालथान गाउँपालिका, करुणा फाउण्डेसन र […]

नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

विराटनगर ३१ बैशाख । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ। सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि […]