विराटनगर २६ असोज । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका २२६ जना मध्ये ११ जनाले फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएका मध्ये ३ जना प्रतिनिधिसभा तर्फ उम्मेदवारी दिएका छन् भने ८ जना प्रदेशसभा तर्फ उम्मेदवारी दिनेहरु रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए । […]
विराटनगर २६ असोज । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर–१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको मेयर कोइरालाले बताए । “मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको […]
विराटनगर, २३ असोज । प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो । प्रतिनिधिसभातर्फ माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्रीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईसँग मैदानमा उत्रने उनी […]
विराटनगर, २३ असोज । नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य डिल्लीराम अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रदेशसभा निर्वाचनको टिकट वितरणमा असन्तुष्टि जनाउँदै अधिकारीले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राजीनामा दिएको […]
विराटनगर, २१ असोज । आज विजया दशमीको तेश्रो दिन । मान्यजनबाट आशिर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं […]