कोशीको मुख्यमन्त्रीमा एमालेका कार्कीको दावी पेश

विराटनगर २७ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि बुधबार राती आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्नु भएको हो ।

गत चैत २६ गते केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मंगलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो ।
कार्कीले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेपछि प्रदेश प्रमुख खापुङले बैशाख २८ गते साँझ ५ वजे सम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको थियो ।