ट्राफिक व्यवस्थापन समितिद्वारा महानगर प्रमुख कोइरालालाई अध्ययन प्रतिवेदन हस्तान्तरण

विराटनगर २३ जेठ । विराटनगर महानगरपालिकाले विराटनगरको ट्राफिक व्यवस्थापनलाई दीर्घकालसम्म व्यवस्थित र प्रभावकारी बनाउने कार्य सुरु गरेको छ । महानगरले समिति नै गठन गरेर विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन लागेको हो । महानगरले गठन गरेको ट्राफिक व्यवस्थापन समितिले मेयर नागेश कोइरालालाई अध्ययन प्रतिवेदन बुझाएको छ । महानगरले यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका तीर्थेन्द्र […]

वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व : मुख्यमन्त्री कार्की

विराटनगर २३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले वातावरणलाई सन्तुलनमा राख्न हामी सबैको दायित्व भएको बताउनु भएको छ । वातावरण जीवन चक्रको विषय भएको र यसले हाम्रो स्वास्थ्य र जीवनको गति निर्धारण गर्ने उहाँले बताउनुभयो । विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सो कुरा बताउनु भएको हो । […]

मानव बेचबिखन तथा ओसारपसारका एक आरोपी ३० वर्षपछि पक्राउ

विराटनगर २२ जेठ । लामो समय भारतमा बसेर विराटनगर आएका मानव बेचबिखन तथा ओसारपसारका एक जना आरोपीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले मोरङको साविकको बुधनगर गाविस–१ (हालको विराटनगर महानगरपालिका–१८ का ५१ वर्षीय दिनेश मण्डललाई बिहान ११ बजेतिर पक्राउ गरेको हो । मण्डल घटना भएको […]

मोरङमा महिलाको मुद्दा हुर्ने गरी छुट्टै इजलास स्थापना गरिने

विराटनगर २२ जेठ । मोरङ जिल्ला अदालतले आगामी साउन महिनादेखि महिलाको मुद्दा हुर्ने गरी छुट्टै इजलास स्थापना गरिने भएको छ । राष्ट्रिय महिला आयोग भद्रकाली काठमाण्डौंद्वारा आज विराटनगरमा आयोजित महिला हिंसा निवारणका लागि सुरक्षा निकायमा रणनितिक योजना विषयक वैठक र अन्तरक्रियामा सहभागीहरुले महिला सम्बन्धी मुद्दाको न्याय सम्पादन छिटो तरिकाले गर्न एवं मुद्दाको चाप घटाउन इजलास […]

कोशीमा पूर्वाधार विकास : सडक र बहुवर्षीय योजनामा फट्को

राकेशलाल दास विराटनगर–मुलुक संघीय संरचनामा गएसँगै पछिल्लो समय प्रदेश तहबाट कार्यान्वयन भएका भौतिक पूर्वाधारसँग सम्बन्धित योजनाले मूर्त रुप लिन थालेका छन् । पछिल्लो ६ वर्षको अवधिमा कोशी समेत सातै प्रदेशले पूर्वाधार निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेका छन् । कोशीमा भने पूर्वाधार कार्यालय मोरङबाट भए गरेका कार्यको सकारात्मक प्रभाव जनस्तरसम्मै देखिएको छ । बाटोघाटो तथा […]