विराटनगर, ५ पुस । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्धारित मतदान स्थल मोरङमा ४७ वटा मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको पाईएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार १ सय २५ वटा मतदान स्थललाई संवेदनशील र १३४ मतदान स्थललाई सामान्य अवस्थाको रुपमा रहेको भनि पहिचान गरिएको […]
विराटनगर १ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले आयोगले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षणको जिम्मेवारी दिएको हो । निर्वाचन पर्यवेक्षणका लागि आयोगले आह्वान गरेपश्चात कुल ४८ वटा संस्थाबाट निवेदन प्राप्त […]
विराटनगर, २२ मंसिर । मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत प्रदेश निर्वाचन कार्यालय कोशी प्रदेशले बसाई सरी गएका तथा मृत्यू भएका तर मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिहरुको नाम एक साता (मङ्सिर २८ गते) भित्र जिल्ला निर्वाचन कार्यालयमा पठाइ सक्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । प्रदेश निर्वाचन कार्यालय कोशी प्रदेशका निमित्त प्रदेश निर्वाचन अधिकारी चाेलाराज दङ्गालका […]
विराटनगर १६ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि सुरू हुने भएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । प्राप्त भएका निवेदन उपर […]
विराटनगर ८ मंसिर । कोशी प्रदेशबाट १ लाख ५७ हजारले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । असोज १० देखि कात्तिक मसान्त र पछि थप गरिएको मंसिर ५ गते सम्मको अवधिमा कोशी प्रदेशका जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचय पत्रका आधारमा अनलाईन मार्फत गरि १ लाख ५७ हजार ६१३ जनाले मतदाता नामावली दर्ताका […]