विराटनगर, १२ साउन । सरकारले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा कार्यक्रममार्फत हुने उपचार सेवा बन्द गरेपछि बिरामी मर्कामा परेका छन् । अस्पतालहरु पनि साउन १ गतेअघि भर्ना भएका बिरामीको समेत स्वास्थ्य बिमा कार्यक्रमबाट उपचार गराउन सक्ने अवस्था नभएको जनाएका छने । जसका कारण बिमाको भरमा उपचार गराउन भर्ना भएका बिरामीहरु समस्यामा परिरहेका छन् । बिमा […]
विराटनगर, ९ साउन । प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो । प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रलाई असार अन्तिममा खोप आएकाले प्रयोग हुन नसकेको हो । केन्द्रका प्रमुख शम्भु साहले छोटो अवधिको […]
विराटनगर, २ साउन । प्रदेश १ मा पछिल्लो ४ महिनामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । गत चैत ७ गतेपछि असार ३२ गते शनिबार एक महिलाको मृत्यु भएको हो । मृत्यु हुने ५७ वर्षीया महिला सुनसरी रामधुनी ७ की हुन । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोभिड १९ […]
विराटनगर, १४ असार । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत विराटनगरमा नवजात शिशुलाई श्वासप्रश्वासमा सहयोग सम्वन्धि तालिम मंगलबार सम्पन्न भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा करुणा फाउण्डेसनले असार १३ र १४ गते विराटनगरमा आयोजना गरेको तालिममा मोरङ र सुनसरीका १२ स्थानीय तहका २० जना नर्सीङ कर्मचारीहरुको सहभागिता रहेको थियो […]
विराटनगर, ८ असार । विराटनगरको विराट हेल्थ कलेज विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भएको छ । विद्यार्थीसँग कलेजले चारित्रिक प्रमाणपत्र निर्धारित शुल्क भन्दा बढी लिएको पाईएपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा आज विद्यार्थी, अभिभावक र कलेज प्रशासनवीच छलफल भएको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभीटी) ले निर्देशन गरे […]