विराटनगर १७ माघ । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न ३ तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने वक्ताहरुले बताएका छ्न ।
प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा सोमबार आयोजित कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन । विशेषगरि गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने कुष्ठरोग, लुतो, हात्तिपाइले, रेबिज, कालाजार , सर्पदंश, माटोबाट सर्ने जुका , फित्तेजुका, डेंगु र चिकनगुनिया र खस्रे रोग जस्ता १० वटा रोगहरु उपेक्षित रोगमा पर्नेगरेको बताएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले रोग नियन्त्रण र निवारण गर्ने कुरामा ३ तहको सरकारले अपन्तव लिदै सबैको सहभागिता र सहकार्यमा अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
स्वास्थ्य मन्त्री निर्मला लिम्बुले १० वटा रोगहरु प्राथमिकतामा नपरेपनी यी रोगहरु गम्भीर किसिमको भएको बताउनु भयो । उहाले स्वास्थ्य क्षेत्रको लागि संघमा बजेट भए पनि प्रदेश १ जहिले पनि ओझेलमा पर्ने गरेको गुनासो गर्नु भयो । मन्त्री लिम्बुले रोगलाई रोकथाम र नियन्त्रण गर्न उपचार संगै जनचेतना आवश्यक रहेकोले स्थानीय भाषालाई प्राथमिकतामा राखनु पर्नेमा जोड दिनु भयो । उहाले यस्ता रोगहरुलाई नियन्त्रण र रोकथाम गर्न पर्याप्त बजेट नभेकोले चाहे अनुसार काम गर्न अफ्ट्यारो हुने गरेको बताउनु भयो । उहाले अगामी दिनमा यस्ता रोगहरुको रोकथाम र नियन्त्रणको लागि आवश्यक बजेट र स्रोत साधनको ब्यवस्था गर्ने प्रतिबद्धता गर्नुभयो ।
प्रदेश १ स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा सुरेश मेहताले स्वास्थ्य मन्त्रालयको बजेट न्यून हुने भएकोले त्यही अनुसार काम गर्दा शुक्ष्म तहमा गर्नु पर्दा गाह्रो हुने गरेको बताउनु भयो । उहाले जुन क्षेत्रमा जुन रोग का संक्रमितहरु छन त्यसलाई मध्ये नजर गर्दै प्रभावित क्षेत्र औषधि सेवन संगै जनचेजना फैलाउने काम गर्ने गरेको बताउनु भयो । सरकारले विभिन्न रोगहरुको लागि बजेट छुटयाए पनि उक्त बजेट पर्याप्त नभएको गुनासो गर्नु भयो ।
प्रदेश १ नगरपालिका संघका प्रमुख तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उपेक्षित यी १० वटा रोगलाई नियन्त्रण र निवारण गर्न ३ तहको सरकार बिच एकीकृत सहकार्यको आवश्यकता रहेको बताउनु भयो । उहाले स्वास्थ्य क्षेत्र जटिल र संवेदनशील क्षेत्र भएकोले यसलाई सुरक्षित राखन ३ तहको सरकारको समन्वय संगै पर्याप्त बजेट आवशयक रहेको बताउनु भयो ।
प्रदेश पत्रकार महासंघ प्रदेश १ को अध्यक्ष लिला बल्लभ घिमिरेले १० वटा रोग ओझेलमा परेको कुरा आई रहदा राज्य स्वास्थ्य क्षेत्रमा गम्भीर नभएको बताउनु भयो । उहाले सरकारको प्राथमिकतामा शिक्षा र स्वास्थ्य नपरेको आरोप लगाउनु भयो । उहाले सरकारले पत्रकारलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउन अहिले पनि अगाडी नसरेको बताउनु भयो । ‘अहिले गरौ , एकै साथ गरौ, उपेक्षित उष्णप्रदेशिय रोगहरुमा लगानी गरौ’ भन्ने मुल नाराका साथ उत्तसो दिवस मनाइएको हो ।