विराटनगर ४ माघ । ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका गर्भवती महिलालाई अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित निजी अस्पतालले आजदेखि ‘छोरी बचाऊ ,आमा बचाऊ’ कार्यक्रम शुरु गरेको छ । विराटनगर –११ स्थित पारस मल्टीस्पिसियालिटी अस्पतालाले आफ्नो खर्चमा छोरी बचाऊ अभियान अन्तर्गत सञ्चालित सो कार्यक्रममा गर्भवती महिलालाई निःशुल्क साधारण तथा शल्यक्रिया प्रसुति सेवा उपलव्ध गराउनुका साथै […]
विराटनगर १ माघ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गर्नुभएको छ । बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै प्रमुख साम्पाङ प्रतिष्ठानमा पुग्नु भएको थियो । प्रमुख साम्पाङले बिपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै […]
विराटनगर २५ पुस । विराटनगर महानगरपालिका ८ ले वडाभित्रका सामुदायिक विद्यालयहरुमा योग कार्यक्रम शुरु गरेको छ । पहिलो चरणमा वडा भित्रका ४ वडा सामुदायिक विद्यालयहरुलाई लक्षित गरि विद्यालयमा योग कार्यक्रम शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । योगका माध्यमबाट विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारिरीक रुपमा स्वस्थ राख्ने उद्देश्य सहित वडाले विद्यार्थी लक्षित […]
विराटनगर । मोरङको जहदा गाउँपालिका– ५ मझारेमा स्वास्थ्य शिविर गर्दा ६५ जना मोतियाबिन्दु र दुई जना क्यान्सरका बिरामी भेटिएका छन् । बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाठेघर तथा स्तन क्यान्सर स्क्रिनीङ र आँखा जाँच शिविर आयोजना गरेको थियो । शिविरमा दुई जना पाठेघरको क्यान्सर र ६५ जना मोतियाबिन्दुका बिरामी भेटिएका हुन् । विराट मेडिकल […]
विराटनगर २५ पुस । आगामी तीन वर्ष भित्रमा सञ्चालन हुनेगरि सुनसरीको इटहरीमा जलन (बर्न) अस्पताल निर्माणको प्रक्रिया सुरू भएको छ । काठमाण्डौं बाहिर पहिलो पटक कोशी प्रदेशमा आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शैयाको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्ट ( फेक्ट नेपाल) बीच सम्झौता भएको हो । […]