विराटनगर, १३ असोज । मानव बेचविखन तथा नियन्त्रणका लागि माइती नेपालले गठन गरेको वडास्तरिय सञ्जाल समूह प्रभावकारी बन्दै गएको छ । विराटनगर १३, १५ र १६ मा गठन गरिएको सञ्जाल समूहले स्थानीय स्तरमा मानव वेचविखन तथा नियन्त्रणका लागि सचेतनामुलक कामका साथै लैगिंक हिंसा नियन्त्रणको काम पनि गर्दै आएको सञ्जाल संयोजकहरुले बताएका छन् । मानव वेचविखन […]
विराटनगर, ११ असोज । नेपाल अग्रवाल सभा विराटनगरको आयोजनामा अग्रसेन जयन्ती मनाइएको छ । सो अवसरमा मंगलबार शोभा यात्रा, ध्वजारोहण, आरती लगायतका विविध कार्यक्रम गरिएको जनाइएको छ । अग्रवाल समुदायको कुल प्रवर्तकका रुपमा रहेका अग्रसेनको जन्मजयन्तीको अवसरमा विराटनगरको अतिथि सदनमा आयोजित कार्यक्रममा सामुहिक गोठ प्रसाद वितरण गरेको जनाइएको छ । जयन्तीको उद्घाटन प्रदेश १ का […]
विराटनगर, १० असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा […]
विराटनगर ३१ भदौ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिलाको सशक्तिकरण आवस्यक भएको बताउनु भएको छ । महिलाहरु आर्थिक र शैक्षिकरुपमा सवल भए हिंसामा नपर्ने उहाँको भनाई छ । युएनएफपीए र भिएसओ नेपालसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले लैंगिक समानता नीति र लैंगिक हिंसा निवारण कोष संवन्धि आज विराटनगरमा आयोजना गरेको […]
विराटनगर, भदौ २६ । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाइ विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ । विराटनगरमा सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तोयानाथ काफ्ले, सह–सचिवमा आशीराम राजवंशी, कोषाध्यक्षमा हृदयकुमार राजवंशी र सहकोषाध्यक्षमा हरेराम यादव निर्वाचित हुनु भएको छ । […]