काेशी प्रदेश पर्यटन वर्ष २०८२ शुरू, १० लाख पर्यटक भित्र्याउने लक्ष्य

विराटनगर २७ चैत । काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे शुभारम्भ गरिएकाे छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको  शुभारम्भ गरिएको हाे । तेह्रथुम लालिगुराँस नगरपालिका स्थित आर आर गार्डेनमा आयोजित काेशी प्रदेश पर्यटन वर्षको शुभारम्भ उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयाे । […]

सङ्क्रमणकालीन न्यायको विषयमा दबाब आवश्यक : अधिकारकर्मी

विराटनगर २४ चैत । सङ्क्रमणकालीन न्यायलाई तार्किक निश्कर्षमा पुर्याउन प्रमुख तीन राजनीतिक दललाई दबाब सिर्जना गर्नुपर्ने मानव अधिकारकर्मीहरुले बताएका छन् । प्रमुख तीन राजनीतिक दलबिच साझा सहमति भएको खण्डमा पदाधिकारीविहीन अवस्थामा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष तथा सदस्यको नियुक्ति सम्भव भएकाले अधिकारकर्मीले द्वन्द्व पीडितसँगै नागरिक समाजले राज्यसँगै […]

अबको पत्रकारिता स्थानीय मिडियाले मात्रै जोगाउन सक्छः कार्यबाहक अध्यक्ष आचार्य

विराटनगर २४ चैत । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले स्थानीय स्तरको मिडियाले नै अबको पत्रकारिता जोगाउने अवस्था सृजना भएको बताउनु भएको छ । पत्रकार महासंघ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले अबको पत्रकारिता जोगाउन स्थानीय स्तरको मिडिया सशक्तीकरण गर्नुको विकल्प नभएको बताउनुभयो । स्थानीय स्तरको मिडियालाई सशक्तीकरण गर्न नसकिए पत्रकारिता नै […]

मानव वेचविखन तथा ओसारपसार विरुद्धको कानुनी अभिमुखिकरण

विराटनगर २४ चैत । माइती नेपालको ३३ औं वार्षिक उत्सवको अवसरमा आज विभिन्न वडा तथा समुदायका किशोरी तथा महिलाहरुलाई मानव वेचविखन तथा ओसार पसार विरुद्धको कानुनी विषगत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले माइती नेपालको वारेमा जानकारी गराएर कार्यक्रमको शुरुवात गर्नुभएको थियो । राष्ट्रिय वाल अधिकार परिषद १०४ […]

एमाले विराटनगर दोस्रो अधिवेशन वैशाखमा, चैत २८ गते प्रतिनिधि चयन गरिने

विराटनगर २१ चैत । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि […]