अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघद्वारा आन्दोलन घोषणा

भदाै ९, काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो । विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले […]

प्रेस मैत्री कानुन निर्माण हुनुपर्नेमा प्रेस चौतारीको जोड

विराटनगर ७ भदौ । प्रेस चौतारी कोशी प्रदेशले प्रेसमैत्री कानुन निर्माण गर्ने प्रक्रिया अघि बढाउन माग गरेको छ । समाचार लेखेकै आधारमा पत्रकारलाई एक लाख रुपियाँसम्म दण्ड जरिबाना गर्ने, प्रेस रजिस्ट्रारले जरिबाना र क्षतिपूर्ति भराउने आदेश गर्न सक्ने जस्ता व्यवस्था सहित कोशी प्रदेशसभामा शुक्रबार पेश भएको कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ प्रति […]

आम सञ्चार विधेयक पत्रकार मैत्री हुनुपर्छ : सभामुख विष्ट

विराटनगर ७ भदौ । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सरकारले ल्याउन लागेको कोशी प्रदेश आम सञ्चार विधेयक पत्रकारमैत्री हुनुपर्ने बताउनुभएको छ । विधेयक पत्रकारहरुको हितहुने गरिको हुनुपर्ने उहाँको भनाई छ । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज विराटनगरमा आयोजित कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ नेपाल प्रेस ईन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई नगद २५ […]

आज युवाकवि मोतीराम भट्टको १६० औं जन्मजयन्ती

विराटनगर ७ भदौ । युवाकवि मोतीराम भट्टको १६० औं जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम गरेर मनाइँदै छ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं. १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा स्वर्गेवास भएका मोतीराम भट्टले नेपाली साहित्यमा ठूलो योगदान दिएको कदरस्वरूप उनको जन्मजयन्ती मनाउने गरिन्छ । नेपाली साहित्यको […]

कोशी प्रदेश आमसञ्चार बिधेयक विरुद्ध पत्रकारको प्रदर्शन

विराटनगर ६ भदौ । कोशी प्रदेश आमसञ्चार बिधेयक पत्रकारको हितमा नभएको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश र संसदीय पत्रकार मञ्चले कोशी प्रदेश सचिवालय अगाडी धर्ना दिएर बिरोध जनाएका छन् । विराटनगर कार्य क्षेत्रबनाएका पत्रकारीता गरिहेका पत्रकारहरुले कोशी प्रदेश सचिवालय अगाडी धर्ना दिएर बिरोध जनाएका हुन् । भने संसदीय पत्रकार मञ्चका प्रतिनिधिमुलक पत्रकारहरुले कोशी प्रदेश […]