विराटनगर ५ मंसिर । मोरङमा ४३ हजार मतदाता थपिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि गत असोज १० देखि मंसिर ५ गते सम्मको अवधिमा ४३ हजार ८३५ मतदाताले नाम दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थ अधिकारीका अनुशार १६ हजार ४ सय ८ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ४२७ जनाले राष्ट्रिय परिचय पत्रको आधारमा नाम दर्ता गराएका हुन ।
नयाँ मतदाता थपिएसँगै मोरङ जिल्लामा मतदाताको संख्या ७ लाख ८५ हजार ५ सय ९० पुगेको छ । मोरङमा यस अघि ७ लाख ४१ हजार ७ सय ५५ मतदाताको संख्या थियो ।