विराटनगर ओपन स्काउट क्र्युद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

विराटनगर २३ असाेज । विराटनगर ओपन स्काउट क्र्युले नेपालीहरुको चाड दशैं तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विराटनगरको सत्यनारायण माविमा आयोजित कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले स्काउटले सामाजिक कार्यमा भूमिका बढाउँदै गएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले स्काउटलाई सहयोग गर्न महानगरपालिका सँधै तयार रहेको […]

बाल संसारमा दशैं

विराटनगर २३ असोज । बाल संसार मन्टेश्वरी स्कुल विराटनगरले नेपालीहरुको महानपर्व दशैंको अवसरमा शुभकामना कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरन विद्यार्थीहरुलाई दशैंको शुभकामना दिएर विद्यालय विदा दिईएको छ । नेपाली कला र संस्कृतिका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले बालबालिकाहरुवीचमा विद्यालयमै जमरा उमारेर दशैं मनाईएको विद्यालयका प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । हरेक चाडपर्व विद्यालयले मनाउँदै […]

नवरात्रको छैटौं दिन आज, कात्यायनीको पूजा आराधना गरिँदै

विराटनगर २३ असोज । बडादशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार छैटौं रूप कात्यायनीको पूजा–आराधना गर्ने परम्परा छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा […]

विराटनगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको सपथग्रहण

विराटगगर २२ असोज । विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो । मंगलबार […]

विराटनगरबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर २१ असोज । विराटनगर महानगरपालिका–९ मेनरोडको एक घरमा बसेर परीक्षा लेख्दै गरेका ३ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्ने नक्कली परीक्षार्थीमा सप्तरी राजविराज–४ का २३ वर्षीय सन्तोष गुप्ता, सुनसरी बर्जु–५ चिमडीका २४ वर्षीय विक्लप चौधरी र रामगञ्ज–४ का देवकृष्ण साह रहेका छन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय […]