निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग भयो : मुख्यमन्त्री कार्की

धनकुटा १० माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गरेर भोट माग्ने गतिविधि गैरकानुनी र आपत्तिजनक रहेको बताउनु भएको छ । धनकुटा लेडी जेसिसको सातौँ पद हस्तान्तरण कार्यक्रममा आज बोल्दै उहाँले निर्वाचनमा राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित रहेको टिप्पणी गर्नुभयो । मुख्यमन्त्री कार्कीले चुनाव प्रचारका क्रममा विभिन्न दलहरूले […]

अर्किड पब्लिक स्कुलमा आज ७८ बालबालिकाको अक्षरारम्भ

विराटनगर ९ माघ । विराटनगर १० को अर्किड पब्लिक स्कुलले आज ७८ जना बालबालिकालाई अक्षरारम्भ गराएको छ । सरस्वती पुजा तथा बसन्त पञ्चमीको अवसर पारेर स्कुलले सो संख्यामा बालबालिकाको अक्षरराम्भ गराएको जनाएको हो । आज अक्षरराम्भ गराएका बालबालिकाको स्कुलले निशुल्क भर्ना गर्ने प्रिन्सीपल मनिस भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुार आज स्कुलमा विज्ञान प्रदर्शनी तथा […]

मोरङ रंगेलीको त्रिभुवन माविका १०१ विद्यार्थी पुरस्कृत

विराटनगर ९ माघ । मोरङको रङ्गेली नगरपालिका एक स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका १०१ जना विद्यार्थीलाई विद्यालयले पुरस्कृत तथा सम्मान गरेको छ । विद्यालय खेल सप्ताहको अन्तिममा कार्यक्रम गरी विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, १ हजार ५ […]

जनपथ माविको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर ९ माघ । विराटनगरस्थित जनपथ माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विहिबार विद्यालयको प्राङ्गणमा विद्यालयले विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण, पूर्वविद्यार्थी र शिक्षकलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हो। ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयले विभिन्न दाताहरूले स्थापना गर्नु भएको अक्षयकोषहरूबाट प्राप्त रकमबाट कक्षा १ देखि कक्षा […]

आज सरस्वती पुजा

विराटनगर ९ माघ । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू […]