विराटनगर १ फागुन । विराटनगरका सामुदायिक विद्यालयका छात्राहरुका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम आज देखि शुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपालको संयोजनामा आजदेखि तीन दिने तालिम शुरु भएको हो । सत्यनारायण माविमा शुरु तालिममा विराटनगरका १३ वटा सामुदायिक विद्यालयका एक सय जना छात्राहरु सहभागि भएका छन् । […]
विराटनगर ३० माघ । प्रेस चाैतारी काेशी प्रदेशकाे अध्यक्षमा सुमन पुरी निर्वाचित हुनुभएको छ । विराटनगरमा आज सम्पन्न दाेश्राे प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हाे । पुरी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । चाैतारी काेशी प्रदेशकाे उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्याेति चाैहान, महासचिवमा बाबुराम भण्डारी र काेषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित […]
विराटनगर ३० माघ । प्रेस चौतारी कोशी प्रदेशको दोश्रो अधिवेशन आज विराटनगरमा हुँदैछ । विराटनगरको होटल कञ्चनजंघामा विहान ९ वजेदेखि शुरु हुने अधिवेशन आजै नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष अविजाल विष्टले बताउनुभयो । अधिवेशन पूर्व मंगलबार साँझ बसेको कार्यसमितिको बैठकले आज अधिवेशनमा प्रस्तुत हुने सांगठनिक प्रतिवेदन […]
विराटनगर २९ माघ । विराटनगर रानी नाका हुँदै भारत जान खोज्ने २०२ जना महिला तथा बालिकालाई माईती नेपाल विराटनगरले रोकेको छ । मानव बेचविखनको जोखिममा परेका उनीहरुलाई सीमाक्षेत्रबाट रोकिएको माइती नेपालले जनाएको छ । गत वर्षको मार्च देखि फेब्रुअरी १० सम्मको अवधिमा २०२ जनालाई सीमाक्षेत्रबाट रोकिएको माईती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । […]
विराटनगर २८ माघ। नेपाल स्काउट, कोशी प्रदेश समितिको आयोजनामा माघ २५ गतेदेखि सुरु भएको तीन दिने चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न भएको छ । आज स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतमा भएको समापन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन […]