विराटनगर २७ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरुले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरुरी रहेको बताउनु भएको छ । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औं स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा २१ हजार नगद सहित अरुण खवरका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई सम्मान गर्दै उहाँले […]
विराटनगर २६ साउन । माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा ‘सेल्फ डिफेन्स’ अर्थात आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिमको सहजिकरण कराँते प्रशिक्षक विमल पोखरेलको नेतृत्वमा चार सदस्यीय दक्ष प्रशिक्षक टोलीद्वारा गरेका थिए । विराटनगरको दिल्ली पब्लिक स्कूलमा भएको तालिममा ५५ जना छात्राहरूको सहभागिता रहेको माहेश्वरी महिला मञ्च […]
विराटनगर २६ साउन । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट भएका छन् । थाइल्याण्डमा अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट भएका हुन । सो प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छनौट भएका छन् । प्रथम चरणको छनौटमा एभरेष्टका इशल, काब्या २ […]
विराटनगर २५ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई प्रदान गर्ने भएको छ । शनिबार बसेको प्रतिष्ठानको बैठकले कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार बिष्टलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि २१ हजार एकसय १५ रुपैयाँ नगद छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पत्रकारिताको […]
विराटनगर २५ साउन । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज काठमाडौँ उपत्यकासहित देशभरविभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य […]