विराटनगर, २४ चैत । निर्वाचन आयोगले सुरक्षा निकायहरुबाट माग भएको आधारभूत स्रोतसाधन र सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरुले पाँच वर्षअघिको स्रोतसाधनको भरमा निर्वाचन गराउन कठिन हुने भनी गुनासो गरेपछि आयोगले यसवारेमा छलफल गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको हो । निर्वाचन आयोग स्रोतका अनुसार, केही दिनअघि […]
विराटनगर, २४ चैत । सरकारले चैत मसान्तभित्रमा सबै लक्षित समूह (१८ वर्षभन्दा माथि) लाई खोप लगाइसक्ने भनेको थियो । लक्ष्यअनुसार एक करोड ९९ लाख २२ हजारभन्दा बढीलाई चैत मसान्तभित्र खोप लगाउनु पर्ने छ । तर, हालसम्म ८२.८ प्रतिशतले पूर्ण मात्रा र ९३.७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । लक्ष्यमा पुग्न सरकारले अब एक […]
विराटनगर, २४ चैत । नेकपा एमाले विराटनगर महानगरका सबै वडा कमिटीले चैत २५ गते स्थानीय तहकालागि उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भएको छ । आज बसेको नेकपा एमाले महानगर कमिटीको बैठकले २५ गते एकैदिन सवै वडाकमिटी र वडा संयन्त्रको बैठक बसेर नाम सिफारिस गर्न निर्देशित गरेको हो । यस्तै बैठकले चैत २६ गते महानगर कमिटीको बैठक […]
विराटनगर, २४ चैत । विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलमा राजविराज र विरगञ्ज विजयी भएका छन् । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज सम्पन्न पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र विरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो । यस अघि […]
विराटनगर, २४ चैत । बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हुन । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो […]