निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई कारवाही गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

विराटनगर २५ कात्तिक । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो । आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै […]

मोरङ–३ ‘क’मा कांग्रेसका लिम्वुद्धारा मनोनयन दर्ता

विराटनगर, २४ कात्तिक । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ ‘क’को प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसले आज मनोयन दर्ता गराएको छ । कांग्रेसका तर्फबाट टिकट पाएका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएको कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताउनु भयो । उक्त क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि उहाँको ठाउँमा कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाएको हो । बेलबारी […]

‘नो नट अगेन’को पक्षमा सर्वाेच्चको अन्तरिम आदेश

विराटनगर, २४ कात्तिक । सर्वाेच्च अदालतले सामाजिक सञ्जालमा सञ्चालित नो नट अगेन अभियानलाई कारबाही अघि नबढाउन यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । बिहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघि २० कात्तिकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । उम्मेदवारविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै […]

महानगरपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई

विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।सार्वजनिक सुनुवाईमा सहभागीहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, सडक निर्माण, सुशासन, आर्थिक पारशर्शिता, ज्येष्ठ नागरिक, बालबालिका, कला, साहित्य र संस्कृतिको संरक्षण, बजार अनुगमनलगायतका विषयमा जिज्ञासा राखेका थिए । उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले डुबान समस्या, सरसफाईलगायतका विषयमा जिज्ञासा राख्नुभयो । उहाँले तत्कालीन, […]

विराटनगर–८ का ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच

विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेको छ । वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो । स्वास्थ्य स्वयम्सेविकाहरुमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत जाँच गरिएको छ । स्वास्थ्य […]