विराटनगर, १ असार । प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बराबरको चुनाव लक्षित बजेट ल्याएको छ । सरकारका तर्फबाट आज आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्नु भएको हो । चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन […]
विराटनगर, १ असार । प्रदेश १ को चालू दसौं एवं बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईका अनुसार पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको हो । प्रदेशको नाम राख्ने विषयमा कांग्रेसले अन्तर पार्टी छलफलका लागि […]
विराटनगर, १ असार । एमाले निकट विद्यार्थीको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश १ को संयोजकमा गोकर्ण घिमिरे चयन हुनुभएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले घिमिरेलाई प्रदेश १ को संयोजकको जिम्मेवारी प्रदान गरेको हो । घिमिरे अहिले संगठनको केन्द्रिय सचिवालय सदस्य तथा मोरङ जिल्ला बाल संगठनको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । प्रदेश संयोजकको […]
विराटनगर, ३१ जेठ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्ने तयारी थालेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको तयारीबारे जानकारी गराएका हुन । कानुनअनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नैपर्ने भएकाले सोहीअनुसार आयोगले तयारी अगाडि बढाएको पौडेलले बताए । मंसिर पहिलो साताको मिति तोक्न सरकारलाई […]
विराटनगर, ३१ जेठ । प्रदेश १ की निमित्त प्रहरी प्रमुख एसएसपी मीरा चौधरीले प्रदेश १ का विभिन्न जिल्लाका प्रहरी प्रमुखहरुलाई आज आवश्यक निर्देशन दिनु भएको छ । अपराधिक गतिविधि निरुत्साहित गर्न उहाँको निर्देशन छ । प्रदेश १ का जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै उहाँले अपराधिक गतिविधि निरुसाहित गर्न अहोरात्र प्रहरी परिचालनमा जोड दिनु […]