विराटनगर ८ असोज । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको बताउनु भएको छ । आज गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने काम केही राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै भएको बताउनुभयो । प्रदेशसभाले राखेको नामको विपक्षमा केन्द्र सरकारका मन्त्री र […]
विराटनगर ८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्नु भएको छ । नव नियुक्त मन्त्रीहरुमा बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइ, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नु भएको छ । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन […]
विराटनगर ६ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाउनुभएको छ । स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर […]
विराटनगर, ६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताउनु भएको छ । प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु […]
विराटनगर ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताउनुभएको छ । नवौं संविधान दिवसका अवसरमा प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशवासीमा संघीयता प्रति नै वितृष्णा पैदा भइरहेको बताउनुभएको हो । जनतामा देखिएका […]