नेम्वाङप्रति प्रतिनिधिसभामा बिहीबार शोक पुस्तिका राखिने

काठमाडौं २६ भदौ । बुधबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरी बिहीबार सारिएकाे छ । प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङप्रति शोक व्यक्त गर्न बुधबारकाे बैठक स्थगित गरी बिहीबार बोलाइएको हो । सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गर्नु […]

संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने

काठमाडौं २६ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने भएको छ । नेम्वाङका दुई छोराहरू विदेशमा रहेको र उहाँहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्यष्टि गर्न लागिएको हो । नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। बुधबार पनि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी […]

स्थानीय तहको विपद् योजना निर्माणमा हर्ड नेपालले सहजीकरण गर्ने

विराटनगर २६ भदौ । मोरङ र सुनसरीका स्थानीय तहहरुमा विपद् सम्वन्धीको योजना निर्माणमा हर्ड नेपालले सहजीकरण गर्ने भएको छ । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल ( हर्ड नेपाल ) ले स्थानीय तहमा विपद् सम्वन्धि योजना बनाउने तथा जोखिमको श्रोत व्यवस्थापन गर्ने कार्यमा सहजीकरण गरिने हर्ड नेपालका संस्थापक अध्यक्ष राकेशकुमार यादवले जानकारी दिनुभयो […]

प्रहरीको हतियार लुटपाट गर्ने एक भारतीय सहित ६ जना प्रकाउ

विराटनगर २४ भदौ । सादा पोशाकमा खटिएका प्रहरीको हतियार एवं सर्वसाधारण जनतालाई बाटोमा ढुकी लुटपाट गर्ने एक भारतीय सहित छ जनालाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा यसरी पक्राउ पर्नेहरुमा सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं ४ का ३२ वर्षिय नसुदिन मियाँ, सोही नगरपालिका […]

विपद् सम्वन्धि तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम

विराटनगर २४ भदौ । विराटनगरमा आज देखि विपद् सम्वन्धि तीन दिने स्पेयर स्ट्यान्डर प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । विपद् व्यवस्थापन, विपद्बाट हुने मानवीय क्षति र क्षति भईसकेपछिको घटना व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिईने आयोजकले बताएको छ । विपद् सम्वन्धि योजना बनाउने तथा जोखिमको श्रोत व्यवस्थापन गर्ने तालिमको उद्देश्य रहेको हर्ड नेपालका संस्थापक अध्यक्ष […]