मोरङको लोहन्द्राखोलामा निर्माण गरिएको पुल सञ्चालन

विराटनगर, ९ साउन । मोरङको लोहन्द्राखोलामा निर्माण सम्पन्न गरिएको पुल आज देखि सञ्चालन भएको छ । सुनसरी–मोरङ सिँचाई आयोजना विराटनगरको चतरामूल नहरको ४१ किमी स्थित सो नहरको साइफन र पुल २०७४ सालको बाढीले बगाएको थियो । बाढीले पुल बगाएको पछि सो देखि पूर्वतर्फको १० हजार हेक्टर जग्गामा नहरको पानी पुग्न सकेको थिएन भने यातायातका लागि […]

निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई जरीवाना गर्ने आयोगको निर्णय

विराटनगर, ९ साउन । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई जरीवाना गर्ने निर्णय गरेको छ । गत वर्ष मंसिरमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनेकाहरुलाई खर्च बिकरण नबुझाएको भन्दै आयोगले जरीवान गर्ने निर्णय गरेको आयोगले जनाएको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना […]

कोशी प्रदेश सरकार गठन बिवादको रिट हेर्दाहेर्दैमा

विराटनगर, ९ साउन । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ । आज सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बहस नसकिएपछि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको हो । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश […]

विराटनगरका छात्रासँग उपप्रमुख कार्कीले भन्नुभयो,‘ शिक्षक र अभिभावकलाई भन्न नसके मलाई भन्नुहोस् ’

विराटनगर ९ साउन । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले छात्राहरुलाई समस्याहरु नलुकाउन आग्रह गर्नु भएको छ । समस्याहरु विद्यालयमा शिक्षकलाई, घरमा अभिभावकलाई पनि भन्न सक्नु भएन भने आफुलाई भन्न आग्रह गर्नुभयो । उपप्रमुख कार्कीले भन्नुभयो,‘ तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु […]

विराटनगर विमानस्थलमा कांग्रेस सभापति देउवाले भने ‘अहिले केही बोल्दिन, जवाफै दिन्न’

विराटनगर ६ साउन । विराटनगर विमानस्थलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । सुनसरीको इनरुवामा जिल्ला सम्मेलनमा सहभागी हुन विराटनगर विमानस्थल हुँदै देउवा आएका हुन । पछिल्लो राजनीतिक घटनाक्रम लगायतबारे पार्टी सभापति देउवासँग प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीलाई कुनै जवाफ नदिई इनरुवा तर्फ लागेका थिए । पार्टी सभापतिलाई विमानस्थलमा स्वागत […]