विराटनगर ३ साउन । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी १९ तरहरा घर भएकी शुभलक्ष्मी राइ, त्यसैगरी आयोजकको छनोट विजेतामा धरानकी निशा हाङ्मा लिम्बु, फस्ट रनरअप धरानकै निशा हाङ्मा लिम्बु, सेकेण्ड रनरअप झापाकी निगम मोक्तान तामाङ्ग, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र चौथो रनरअप इटहरीकी स्वस्तिका राई रहेकी छिन् । सुनसरीको धरानमा गत शनिबार सम्पन्न भएको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मी राईले मिस कोशीको उपाधि जितेकी थिइन् । उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।
सम्मानित भएका प्रतियोगिहरुलाई कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्र्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय, सिइओ निशा खतिवडा रायले सम्मान गर्नुभएको थियो । मन्त्री कार्कीले यस्तो प्रतियोगिताले किशोरीहरुको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
आगामी दिनमा पनि निरन्तरा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसैगरी मिस कोशीको बिजेता शुभ लक्ष्मी राइले आगमी लक्ष्य मिस युनिभर्स नेपालको उपाधि जित्ने रहेको बताइन् ।