चौंथो मिल्स गोल्डकप सुरु : बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनलममा प्रवेश

विराटनगर ७ वैशाख । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । जितको लागि एपीएफका हरी कार्कीले दुई गोल, दिसन […]

कोशीका मुख्यमन्त्रीले बैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने

विराटनगर ७ वैशाख । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकले उक्त बैठक पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयारी थाल्न प्रदेश प्रमुखले आह्वान गर्नुहुनेछ । कोशीका […]

वर्तमान सत्ता गठबन्धनको समीकरण अव परिवर्तन नहुने : नेता खनाल

विराटनगर ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण अव परिवर्तन नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पुरानो समीमकरण परिवर्तन गर्नुपर्ने आवश्यक्ता महशुस भएर नै नयाँ सत्ता गठबन्धन निर्माण गरेको स्पष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले […]

विराट निदान अस्पतालमा महानगरको आकस्मिक अनुगमन

विराटनगर ७ वैशाख । विराटनगर–३ दूधफारम पूर्व विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको […]

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडौँ ७ वैशाख । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै […]