विराटनगरमा एक महिला मृत फेला

विराटनगर २३ मंसिर । विराटनगर महानगरपालिका– १२ स्थित पाञ्चालीमा एक जना मृत अवस्थामा भेटिएकी छन् । महेन्द्र मोरङ क्याम्पसको उत्तरतर्फ पाञ्चालीमा ३३ वर्षीया बन्दना मगर मृत अवस्था भेटिएकी मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । आज बिहान मगरलाई कलेज जाने बाटो छेउमा लडेको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।  मृतक […]

राष्ट्रिय अभियानमा अवरोध नगर्न पहिचानवादीलाई एमालेको आग्रह

विराटनगर २३ मंसिर । नेकपा एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ राष्ट्रिय अभियानमा अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरेको छ । राष्ट्रिय अभियान मंसिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्ने गरिका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते […]

आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर २३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आवश्यकताअनुसार मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ । शनिबार सुनसरीको देवानगञ्ज गाँउपालिकामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको प्राथमिकता मन्त्रिमण्डल विस्तार भन्दापनि नागरिकको सेवा र मानवीय विकास रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मन्त्रीमण्डल भनेको मुख्यमन्त्रीलाई चाहिने हात हो । मुख्यमन्त्रीलाई जहिले आवश्यक हुन्छ मन्त्रीमण्डल त्यहीबेला बन्छ […]

भौतिक पूर्वाधार निर्माण कार्यहरुको तथ्याङ्क सार्वजनिक गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर २३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधार कार्यहरु सार्वजनिक गर्नु पर्ने बताउनु भयो । प्रदेश योजना आयोगद्वारा शुक्रवार विराटनगरमाआयोजित प्रथम आवधिक योजना समीक्षा बैठकमा उहाँले विगत छ वर्षमा प्रदेश सरकारले निर्माण गरेका सडक, पुल लगायतका पूर्वाधारहरु निर्माणहरु जनतालाई सुसुचित गराउन मन्त्रालयले अविलब्व तथ्याङ्गक सार्वजनिक गर्नुपर्ने निर्देशन दिनु भयो […]

बुढीगंगाको जेभियर्स स्कुलमा एआई तालीम शुरु

विराटनगर २२ मंसिर । कोशी प्रदेशमा पहिलो पटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङ्ग लगायत १२ विधामा विद्यार्थीहरुलाई शुक्रबार देखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको वुढीगंगामा –२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दुर शिक्षा काठमाण्डौंका प्रशिक्षिकद्वारा आजदेखि तालीम शुरु गरेको छ । अहिलेको विश्वका परिवेशमा सुचना प्रविधि लगायतका विषयमा स्वदेश र विदेशमा अध्याधिक […]