आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले स्कटल्याण्डकाे सामना गर्दै

विराटनगर ७ माघ । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो । मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै […]

कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

विराटनगर ७ माघ । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । आज दिउँसो २ वजे बस्ने प्रदेशसभा बैठकमा प्र्रदेश प्रमुख परशुराम खापुङले संसद अधिवेशन आह्वान सम्वन्धी पठाएको पत्र पढेर सुनाउने, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ । प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश […]

स्वच्छ गुणस्तरयुक्त खाद्य सामाग्रीमा नागरिकको सहज पहुँच हुनुपर्नेमा जोड

विराटनगर ६ माघ । स्वच्छ गुणस्तरयुक्त खाद्य सामाग्रीमा नागरिकको सहज पहुँच हुनुपर्ने सरोकारवारवालाहरुले सुझाव दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौंद्वारा आज विराटनगरमा आयोजित खाद्य स्वच्छता तथा गुणस्तर नियमावलीको मस्यौदा सम्बन्धी सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले दुषित खाद्य पदार्थको प्रयोगले नागरिकको जनधनको क्षति हुनाले अनुगमनलाई विशेष जोड […]

एभरेष्ट स्कुलमा खेलकुद सप्ताह शुरु

विराटनगर ६ माघ । एभरेष्ट स्कुल विराटनगरमा आजदेखि खेलकुद सप्ताह शुरु भएको छ । विराटनगर स्थित स्कुलले एभरेष्ट कलेजको खेलमैदानमा खेल सप्ताह शुरु गरेको हो । खेलकुद सप्ताहमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरुवीच विभिन्न प्रतियोगितामा प्रतिष्पर्धा हुने भएको छ । करिब १५ सय विद्यार्थीले विभिन्न खेलकुदमा भाग लिने स्कुलले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटनका […]

प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको विजयी सुरुआत

विराटनगर ६ माघ । प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा कोशीले बागमती प्रदेशलाई पराजित गरेको हो । जितसँगै कोशीले दुई अंक जोडेको छ । धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोशीले बागमती प्रदेशमाथि १० रनको रोमाञ्चक जित हात पार्यो । कोशीले दिएको […]