विराटनगर २९ असोज । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मोरङ सातौं भएको छ । आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक ( वैशाख–असार) अवधिको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजामा जिल्ला प्रशासन कार्यालय मोरङ २९.२५ अंक प्राप्त गर्दै सातौ हुन सफल भएको हो । मोरङको प्रमुख जिल्ला अधिकारीमा अहिले सहसचिव इन्द्रदेव यादव हुनुहुन्छ । […]
विराटनगर २९ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताउनु भएको छ । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, […]
विराटनगर २८ असोज । मोरङमा १ हजार ५ सय मतदाता थपिएका छन् । असोज १० देखि २८ गते सम्म कार्यालय सञ्चालन भएको १० दिनको अवधिमा १ हजार ५३० मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुशार असोज १० गते २५ जना, १२ गते २१४ जना, १९ गते ८ जना, २० गते ३६ जना, २१ गते […]
विराटनगर २८ असोज । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ । हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्। दशैँपछी सबै समुहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। […]
विराटनगर २७ असोज । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोका गर्न निर्णय गरिएको बताउनुभयो। गत […]