उर्लाबारी बहुमुखी क्याम्पसको अध्यक्षमा गुरागाईं

उर्लाबारी १२ भदाै । उर्लाबारी बहुमुखी क्याम्पसको २४औँ क्याम्पस सभामार्फत क्याम्पस सञ्चालक समितिको निर्वाचनबाट अध्यक्षमा बिष्णु गुरागाईं र उपाध्यक्षमा मिलन दाहाल निर्वाचित भएका छन् । विधान अनुसार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गुरागाई, उपाध्यक्षमा मिनप्रसाद दाहाल (मिलन) चयन भएका हुन् । त्यस्तै सदस्यमा डा. हरिबाबु दाहाल, दिलकुमारी बस्नेत, महेन्द्र काकी (ख), टिका प्रसाद अधिकारी, प्रेम डाँगी, योगेन्द्र […]

सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त : राष्ट्रपति पौडेल

विराटनगर १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिनु भएको  छ । मादी माध्यमिक विद्यालय संखुवासभाको हीरक महोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । […]

राष्ट्रपति पौडेल आज संखुवासभा आउँदै

विराटनगर १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल आज सङ्खुवासभा आउँदै हुनुहुन्छ । संखुवासभाको मादी माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव समारोहको उद्घाटन गर्न राष्ट्रपति पौडेल आउन लाग्नु भएको हो । मादी माध्यमिक विद्यालय सङ्खुवासभाकोमात्र नभई कोशी प्रदेशकै शैक्षिक इतिहास बोकेको गौरवशाली संस्था मानिन्छ । स्थापनाकालदेखि नै शिक्षाको विस्तार र सामाजिक चेतनाको संवाहक रहँदै […]

अहिलेकै अवस्थामा संघीय शिक्षा विधेयक पारित भए मान्य नहुने चेतावनी

विराटनगर ११ भदौ । नीजि विद्यालय सञ्चालकहरुले अहिलेकै अवस्थामा संघीय शिक्षा विधेयक पारित भए मान्य नहुने चेतावनी दिएका छन् । शिक्षा ऐन संशोधनको माग राखेर आन्दोलित भएका नीजि विद्यालय सञ्चालकहरु गोलबद्ध हुँदै निरन्तर खबरदारी गरिरहेका छन् । आज देशभरमा जिल्ला व्यापी अन्तरक्रिया गर्दै खबरदारी गरिरहेका नीजि विद्यालय सञ्चालकहरुले अहिले ल्याउन लागिएको ऐनले नेपालको शिक्षालाई ध्वस्त […]

महेन्द्र माेरङ क्याम्पस प्राध्यापक संघका लागि क-कस्काे पर्याे उम्मेदवारी ?

विराटनगर, १० भदौ । आगामी  भदौ १३ गते शुक्रबार हुने  त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको निर्वाचनका लागि मङ्गलबार १४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । सङ्घको क्याम्पस इकाइको ११ जनाको कार्य समितिका लागि १४ जनाले उम्मेद्वारी दर्ता गराएको सङ्घको क्याम्पस इकाइ निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेस निकट नेपाल […]