एवीसी नेपालद्धारा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यबारे अन्तरक्रिया

विराटनगर १२ वैशाख । एवीसी नेपाल विराटनगरले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत आज सरोकारवालासित छलफल कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकामा भएको छलफल कार्यक्रममा एवीसी नेपाल कोशी प्रदेश अध्यक्ष विष्णु शर्मा पन्तले लैंगिक मैत्री बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो २०४३ सालमा स्थापित एवीसी नेपालले हाल १५ जना हिंसापीडितलाई संरक्षण दिएर राखेको उहाँको […]

कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान

विराटनगर १२ वैशाख । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि विकास बैंकले जनाएको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला […]

उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्काल पहल सुरु गर्छु : मुख्यमन्त्री कार्की

विराटनगर, १२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा बर्तमान समयमा अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न आफ्नो तर्फबाट तत्काल पहल सुरु गर्ने बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मङ्गलबार आयोजित कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘ यसका […]

उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुन्छ : डा. कोइराला

विराटनगर १२ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताउनुभयो । उहाँले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको […]

कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनप्रति उद्योग प्रतिष्ठानहरुको ध्यानाकर्षण

विराटनगर १२ वैशाख । विराटनगरका तीनवटा उद्योग प्रतिष्ठानहरुले कोशी प्रदेश खारेजीको माग गर्दै पहिचान पक्षधरको हिंसात्मक आन्दोलनप्रति ध्यानाकर्षण भएको बताएका छन् । प्रदेश राजधानी विराटनगरमा रहेका उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आज संयुक्त विज्ञप्ती निकाल्दै विगत केही दिनदेखि प्रदेशको नामकरणको विषयलाई लिएर शुरु भएको हिंसात्मक आन्दोलनले उद्योग/व्यवसाय/पेशा सञ्चालन […]