विराटनगर २८ चैत । विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो । तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का […]
विराटनगर, २८ चैत । सुरक्षित गर्भपतन अपराध होइन अधिकार भएको आज विराटनगरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीन दिने सुरक्षित गर्भपतन सम्वन्धी मूल्य मान्यता र व्यवहार रुपान्तरण सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी सो विचार राख्नु भएको हो । प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एव […]
विराटनगर २८ चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले बिजुलीको पोलमा रंग लगाउन सुरु गरेको छ । विराटनगरलाई सफा र व्यवस्थित बनाउने अभियानअन्तर्गत बिजुलीका पोलमा रंग लगाउन सुरु गरिएको प्रमुख नागेश कोइरालाले बताउनुभयो । विराटनगर–७ हाटखोलाबाट बिजुलीको पोलमा रंग लगाउन सुरु गरिएको छ । पोलमा ह्वाइट सिमेन्टपछि इनामेल लगाइनेछ […]
विराटनगर २८ चैत । अन्तर सरकारी वित्त परिषद्मा कोशी प्रदेशबाट दुई जनप्रतिनिधिलाई मनोनित गरिएको छ । कोशी प्रदेश सरकारले तेहृथुमको म्याङलुङ नगरपालिकाबा प्रमुख संजयकुमार तुम्वाहाङ्फे र मोरङको ग्रामथान गाउँपालिका उपप्रमुख गुणावती देवी थारुलाई मनोनित गरेको हो । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार नेपाल सरकारका अर्थमन्त्रीको संयोजकत्वमा परिषद् गठन हुने व्यवस्था रहेको छ । […]
विराटनगर, २७ चैत । होमियोपैथिक र आयुर्वेदलाई समेटेर जनताको स्वास्थ्य उपचार सेवामा लाग्नु पर्ने विचार व्यक्त्त गरिएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र नेपाल होमियोपैथिक चिकित्सक सङ्घ केन्द्रीय समितिद्वारा विश्व होमियोपैथिक दिवस–२०७९ को उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा सहभागीहरुले स्वास्थ्य मन्त्रालयमा होमियोपैथिक डेक्स स्थापनाका लागि ध्यानाकर्षण गराएका छन् । सो अवसरमा स्वास्थ्यमन्त्री निर्मला तावा […]