विराटनगर १७ पुस । कोशी प्रदेश सभामा पेश भएको स्थानीय सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकले स्वास्थ्यकर्मीको सेवा सुविधा कटौती गरिएको प्रति स्वास्थ्यकर्मीहरुले आपत्ती जनाएका छन् । स्वास्थ्यकर्मीहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशसभामा पेश भएको मौजुदा संघीय स्वास्थ्य ऐनमा व्यवस्था भएका सेवा सुविधा कटौती गरेको प्रति स्वास्थ्यकर्मी, नर्स, […]
विराटनगर १६ पुस । विराटनगर २ को बुढानीलकण्ठ अंग्रेजी आवासिय माविले ११ औं अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ । ‘हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान’ भन्ने कुरालाई अवगत गराउँदै सम्पन्न गरिएको सो कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले नेपाली टोपीका महत्व झल्काउने गीतहरुमा नृत्य प्रदर्शन र ढाका टोपीको महत्व झल्काउने […]
विराटनगर,१६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस मोरङद्धारा आज विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको […]
विराटनगर १६ पुस । कोशी प्रदेशमा विद्युत उपयोग गरेवापत २ अर्ब रुपैयाभन्दा बढि बक्यौता रकम नबुझाउँदा तीनवटा ठूला उद्योगको विद्युत प्रसारण कटौति गरिएको छ । विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख इन्जिनियर उमेश झाका अनुसार लामोसमयदेखि विद्युत उपभोग र प्रिमियमसहितको महसुल नतिरेको अवस्थामा मोरङ, धनकुटा, र सुनसरीका तीन वटा उद्योगको लाईन […]
विराटनगर १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधिश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गर्नु भएको हो । कार्यालय शुभारम्भ गर्दै निर्वाचन अधिकृत […]