निजामति ऐनमा ओविसीद्धारा आरक्षणको माग

विराटनगर १७ वैशाख । अखिल नेपाल पिछडा वर्ग महासंघ (ओविसी) जिल्ला कार्यालय मोरङले निजामति ऐनमा आफ्नो आरक्षणको माग गरेको छ । संघीय निजामती ऐनमा पिछडावर्गको आरक्षणको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज ज्ञापनपत्र पठाईएको छ । पिछडा वर्ग महासंघले संघीय र प्रदेश निजामती ऐनमा पिछडावर्गको आरक्षण कायम गर्नु पर्ने, राष्ट्रिय […]

पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर

विराटनगर १७ वैशाख । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गर्नुभयो । उहाँले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर […]

बाल पुस्तकालयको रक्तदान

विराटनगर १७ वैशाख । विराटनगर ८ को बाल पुस्तकालयले शनिबार गरेको रक्तदानमा २९ पिन्ट रगत संकलन भएको छ । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा १९ महिला सहित २९ जनाले रक्तदान गरेको पुस्तकालय अध्यक्ष इन्द्रप्रसाद निरौलाले जानकारी दिनुभयो । पछिल्लो समय रगत अभाव भईरहेको अवस्थालाई दृष्टिगत गरि […]

रोजगारमुखी शिक्षा आजको आवश्यकता

विराटनगर,१६ वैशाख । सिप र संस्कारसहितको रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन् । अल्फाबिटाले विराटनगरले शनिबार आयोजना गरेको विश्वव्यापी शिक्षा मार्फत राष्ट्रिय आर्थिक रूपान्तरण विषयक कार्यक्रममा वक्ताहरूलले यस्तो बताएका हुन् । उनीहरूले रोजगारमुखी शिक्षा आजको आवश्यक भएको अहिलेको शिक्षालाई प्रविधिसँग जोडेर अगाडी बढनुपर्ने बताए । कार्यक्रममा चर्चित बैंकर तथा युवापुस्ताका उत्प्रेरक […]

बाल अस्पताललाई काँग्रेस नेता मिनेन्द्र रिजालले गरे ५० लाख सहयोग

विराटनगर १६ वैशाख । झापाको दमकमा सञ्चालनमा आएको किओच बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ सहयोग गर्नु भएको छ । डा. रिजालले आफना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्यश्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको बैकिङ चेक आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । […]