विराटनगर १२ पुस । विराटनगरका पूर्व प्रमुख तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले विराटनगर हिमालय रोडको सन्र्दभमा देखिएको आन्दोलन सुनियोजित भएको बताउनु भएको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा पूर्व प्रमुख पराजुलीले विराटनगरको सौन्दर्यकरणका लागि आफ्नो कार्यकालमा शुरु गरिएको आयोजना विकास विरोधी केही ब्यक्तिले निर्माण भएको संरचना हटाउने प्रपन्च गरिरहेको आरोप लगाउनुभयो । […]
विराटनगर ११ पुस । कोशी प्रदेश सरकारले प्रदेश संचार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० […]
विराटनगर ११ पुस । विराटनगर महानगरपालिकाले बरामद गरेको ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको […]
विराटनगर ११ पुस । श्रम संसार सूचना प्रणालीलाई कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा पुर्याउने लक्ष्य सहित आज विराटनगरमा शुभारम्भ गरिएको छ । रोजगारदाता र रोजगारी खोज्दै आएकाहरूलाई सहज बनाउने गरी श्रम संसार सूचना प्रणालीको विकास गरिएको हो । स्विस कन्ट्याक्ट र आसमान नेपालसँगको सहकार्यमा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको […]
विराटनगर १० पुस । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा सहकारीका अध्यक्ष काफ्लेले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत […]