
विराटनगर ३ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सकिएकाे छ । अहिले उम्मेदवारी फिर्ताको समय दिइएकाे छ ।
उम्मेदवारकाे अन्तिम नामावली प्रकाशनकाे कार्य आजै सकेर भाेलि विहान मतदान गर्ने गरिकाे कार्यतालिका संशाेधन गरिएको निर्वाचन समितिले जनाएको छ ।
राती ११ वजेदेखि २ वजे सम्म मतदान गर्ने गरि कार्यतालिका प्रकाशन गरिए पछि प्रतिनिधिले चर्काे विराेध गरेका थिए ।
महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) को नेतृत्वको अलग–अलग प्यानलवीच प्रतिष्पर्धा हुने भएको छ । कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वासले उम्मेदवारी दिएका छन् ।
गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा हिमा मैनाली पोखरेल, हमित आजादकाे उम्मेदवारी परेकाे छ ।
अधिवेशनले ९१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा १५ मनोनित सहित ३१४ प्रतिनिधि सहभागि छन् ।