कोशीमा पूर्वमुख्यमन्त्रीहरुलाई गाडी सुविधा दिने अध्यादेश खारेज

विराटनगर २५ असार । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ खारेज गर्नुभएको छ । असार २० गतेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्नका लागि सिफारिस गरेको थियो । आज प्रदेश प्रमुख खापुङले अध्यादेश खारेजीको निर्णय गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । केदार कार्की नेतृत्वको सरकारले प्रदेशका पदाधिकारी तथा […]

प्रतिबन्धित भारतीय नाेट सहित २ जना विराटनगरबाट पक्राउ 

विराटनगर २५ असार। प्रहरीले विराटनगरबाट प्रतिबन्धित भारतीय नाेट सहित २ जनालाई पक्राउ  गरेको छ ।  विराटनगरको अलगअलग स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हाे । पक्राउ परेकाको साथबाट भारतीय तीन लाख १७ हजार रूपैयाँ बरामद भएको छ । विराटनगर–७ का २४ वर्षीय रोनक अग्रवाल साँझ ६ बजेतिर पक्राउ परेका छन् । भारतको जोगवनीबाट विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै […]

विराटनगरमा धारिलो हतियार प्रहारगरि एक युवकको हत्या

विराटनगर २५ असार । विराटनगरमा धारिलो हतियार प्रहार गरि सोमबार राति एक जना युवकको हत्या गरिएको छ । दुई जना घाइते  भएका छन । घाइतेमध्ये एक जना १७ वर्षका किशोर छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटना विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक भएको हो । धारिलो हतियारले शरीरमा घोपेर मोरङको कटहरी गाउँपालिका–१ […]

खेलकुद प्रतियोगिताको रकम कोशी प्रदेश खेलकुद विकास बोर्डले भुक्तान दिएन

विराटनगर २५ असार । कोशी प्रदेशमा आयोजना भएका विभिन्न खेलकुद प्रतियोगिताको रकम प्रदेश खेलकुद विकास बोर्डले भुक्तान गर्न नसक्दा आयोजक मर्कामा पर्ने भएका छन् । विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतदेखि पदाधिकारीहरुले रोकिएको बजेट उपलब्ध गराउने बताउँदै आएपनि उपलब्ध हुन नसकेको उनीहरुको गुनासो छ । कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईका […]

विराटनगर ८ : १८१ ज्येष्ठ नागरिकको दन्त परीक्षण, १६ जनालाई पूर्ण सेट दाँत लगाईयाे

विराटनगर २४ असार । विराटनगर महानगरपालिका–८ का १६ जना ज्येष्ठ नागरिकले पूर्ण सेट दाँत लगाएका छन् । वडा कार्यालयले आयोजना गरेको निःशुल्क दन्त शिविरमा १२९ जनाले परीक्षण गराएका छन् । परीक्षण गराएका मध्ये ८२ जनाले दाँत भरेका छन् । वडा कार्यालयमा आज गरिएकाे शिविरमा ५२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । कार्यक्रमको शुरुवात ९३ […]