
विराटनगर १५ जेठ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शाेक परेकाे छ ।
माेरङ ६ का पूर्व प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पण्डितकी पत्नी विमला महतको वुधबार राती १२:४५ बजे निधन भएको हाे । ६० बर्षीया महत मायसाइटिस रोगबाट पीडित हुनुहुन्थ्यो ।
एमाले विराटनगर महानगर कमिटी पूर्व सदस्य समेत रहनु भएकी महतकाे निधनले पार्टीमा अपुरणीय क्षति भएकाे महानगर कमिटी अध्यक्ष वलराम गरीले बताउनु भएकाे छ ।