प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर २९ माघ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ । विराटनगरमा बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं […]

कार्यसम्पादन मूल्यांकनमा विराटनगर पहिलो, काठमाण्डौं कमजोर

विराटनगर २९ माघ । कार्यसम्पादन मूल्यांकनमा विराटनगर पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा विराटनगर महानगरपालिकाले ७८.११ अंक पाएर देशभरिका ६ महानगरपालिकामध्ये पहिलो स्थान हासिल गरेको छ । काठमाडौं महानगरपालिकाले ४४.९७ अंक पाएर सबैभन्दा कमजोर स्थान ओगटेको छ। कार्यसम्पादन मूल्यांकनका लागि १७ सूचक आधारमा बजेट सार्वजनिक गर्ने समय, राजस्व परिचालन, […]

जेनजी आन्दोलनपछि मानव अधिकारको अवस्था कमजोर : अधिकारकर्मी

विराटनगर २८ माघ । जेनजी आन्दोलनपछि मानव अधिकारको अवस्था कमजोर बनेको अधिकारकर्मीहरुले बताएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विभिन्न सरकारी, निजी तथा सार्वजनिक कार्यालयहरुमा तोडफोड, आगजनी र लुटपाटका घटना भएपछि कोशी प्रदेशका अधिकारकर्मीहरुले कार्यालयको बोर्ड समेत हटाएको बताएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप) कोशी प्रदेश कार्यालयले विराटनगरमा आज […]

विराटनगरमा बाख्राको मासु बिक्री गर्ने गरेको फेला, दुई पसलमाथि कारबाही

विराटनगर २८ माघ । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला परेको हो । महानगरको कृषि तथा पशुपंक्षी शाखा र नगर प्रहरीको संयुक्त टोलीले प्राप्त गुनासोका आधारमा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा […]

डा. शेखर कोइरालाको चुनावी अभियान तीव्र, ६ वडामा एकैदिन पार्टी कार्यालय उदघाटन

विराटनगर २८ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा कांग्रेसका उम्मेदवार तथा वरिष्ठ नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकैदिन पार्टी कार्यालय उद्घाटन गर्नुभएको छ । बूढीगंगा गाउँपालिका–१, २, ३, ४, ६ र ७ मा स्थापना गरिएका […]