उर्लाबारी ६ लाई नमूना वडा बनाउने छु : घनस्याम भण्डारी

उर्लाबारी, १७ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङको उर्लाबारी ६ मा नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका घनस्याम भण्डारीले वडामा निर्वाचित भए नमूना वडाका रुपमा विकास गर्ने बताएका छन् ।व्यवस्थित बसोबास, दीर्घकालिन योजना बनाई डे«न सहितको सडक कालोपत्रे, व्यवस्थित हाट बजार, नदी नियन्त्रण, गुणस्तरिय सेवा प्रदान लगायतका काम गरिने बताएका छन् […]

विराटनगर महानगरमा यसपटक हामी जित्ने छौं : सागर थापा

झण्डै तीन दशक देखि विराटनगरलाई कार्य क्षेत्र बनाएर एमालेको राजनीतिमा अनवरत रुपमा सक्रिय सागर थापा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदको उम्मेदवार हुनुहुन्छ ।अनेरास्ववियुबाट राजनीति सुरु गर्नु भएका थापा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको दुई पटक स्ववियु सभापतिमा निर्वाचित हुनु भयो । त्यस ताका आफ्ना […]

महिला सहभागिता सुनिश्चित गर्न उम्मेद्वार दिएकी हुँ – नमिता न्यौपाने

विराटनगर, १५ वैशाख । विराटनगर महानगर पालिकाको उपमेयर पदकी स्वतन्त्र उम्मेद्वार माओबादी नेतृ नमिता न्यौपानेले महिला सहभागिताको सुनिश्चत गर्न आफ्नो उम्मेद्वारी भएको बताउनु भयो । गठबन्धनका तर्फबाट विराटनगर महानगर पालिकामा मेयर र उपमेयर दुबै पदमा पुरुषलाई नै उम्मेद्वार बनाएपछि आफू उपमेयर पदमा उम्मेद्वार बन्न बाध्य भएको उहाँको भनाइ छ ।विराटनगर महानगर पालिकामा गठबन्धनका तर्फबाट मेयरमा […]

नेपाली काङ्ग्रेस विराटनगरको चुनावी सङ्कल्पपत्र सार्वजनिक (संकल्प पत्र सहित )

विराटनगर, १६ वैशाख । नेपाली काङ्ग्रेस विराटनगरले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भ पारेर तय गरिउका कार्यक्रमहरु समेटिएको संकल्प पत्र सार्वजनिक गरेको छ । विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताको बिजुलीको महशुल तिरिदिनेसहितका विभिन्न कार्यक्रमसमेटिएका चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । आज काङ्ग्रेसको महानगरसमितिले एक कार्यक्रम गरी स्थानीय तह निर्वाचनका सन्दर्भमा बनाइएको सङ्कल्पपत्र […]

५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महशुल छुट गराउँछु : कोइराला

विराटनगर, १६ वैशाख । नेपाली कांग्रेस विराटनगरका मेयरका उमेदवार नागेश कोइरालाले आफू विजयी भए ५० युनिटसम्म विद्युत महशुल मिनाहा गरिदिने बताएका छन् । नेपाली कांग्रेस वडा नम्बर विराटनगर १२ समितिले आज आयोजना गरेको घरदैलौ कार्यक्रममा कोइरालाले विपन्न र ५० युनिटसम्म विद्युत खपत गर्ने महानगरबासीको महशुल मिनाहा हुने बताए ।उनले भने,“मेयरमा विजयी भएर आएँ भने ५० […]