विराटनगर २८ असोज । नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले सवारी साधन संसद सचिवालयलाई बुझाउनु भएको छ ।
शनिबार संसदीय दलको नेता उद्धव थापाले राजीनामा दिएपछि आइतबार प्रमुख सचेतकको जिम्मेवारीमा रहनु भएका राईले को १ झ ६५१ नम्बर स्कर्पियो सचिवालयलाई बुझाउनु भएको हो । उहाँले प्रमुख सचेतकको जिम्मेवारीवहन गरेसंगै गतवर्ष माघ १० गते सवारी सुविधा लिनु भएको थियो ।
सवारी बुझाउँदै राईले नयाँ सरकारमा काँग्रेसको भूमिका केन्द्रीय समितिको निर्देशन अनुसार रहने जानकारी दिनुभयो । आज मुख्यमन्त्री केदार कार्कीको सपथग्रहण र मन्त्रिपरिषद् गठनबारे पार्टीभित्र समन्वय नभएको उहाँले बताउनुभयो ।