कोइरालाको अध्यक्षतामा २०३ सदस्यीय एमाले विराटनगर संगठन कमिटी गठन

विराटनगर १० असोज । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको अध्यक्षमा रोहित कोइरालालाई चयन गरिएको छ । कोइरालाको अध्यक्षतामा २०३ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । नवगठित कमिटीको आज सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले […]

राष्ट्रिय एकतालाई बलियो बनाउन आवस्यक : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर, ५ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई मजवुत बनाउन मदन भण्डारी फाउण्डेशन लाग्नु पर्ने बताउनु भएको छ । मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा आयोजित ‘जवज मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती’ विषयक दुई दिने कार्यशाला गोष्ठीको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उहाँले राष्ट्रियता र स्वाधिनतालाई बलियो बनाउने भूमिका फाउण्डेशन लाग्न आग्रह […]

काँग्रेस-एमाले समीकरण पदकाे दाउपेच हैन : मुख्यमन्त्री कार्की

विराटनगर २ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सकारात्मक सन्देश भएको बताउँदै विश्वास मत दिन आग्रह गर्नुभएको छ । कोशी प्रदेश सभामा बुधबार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेको यो छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको बताउनुभयो । ‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केहि सकारात्मक संदेश प्रवाह गर्ने […]

पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने

विराटनगर १ असोज । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने भएको छ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरिय कार्यशाला गोष्ठि आयोजना गरिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिनुभयो । कञ्चनजंघा पार्टी प्यालेसमा असोज ४ र ५ गते हुने कार्यक्रममा विज्ञहरुबाट […]

संवैधानिक परिषदको कुनै परम्परा तोडिएको छैन : माओवादी केन्द्रका अध्यक्ष दाहाल

विराटनगर २९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड)ले शुक्रबार बसेको संवैधानिक परिषदको वैठकले प्रधान न्यायाधीशको नियुक्त नगरेर कुनै परम्परा नतोडिएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधान न्यायाधिश वरिष्ठताको आधारमा नियुक्त गरिने तर सबै आठजना सर्वोच्चका न्यायाधिश उत्तिकै योग्य हुनु भएकोले सबैको व्यक्तिगत विवरण अध्ययनका लागि वैठक पर्सिका […]