विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण

विराटनगर १३ जेठ । विराटनगरका दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा भुल्केदेवी मिडिया प्रालिको आयोजनामा विराटनगर ८ को महेन्द्र मावि र विराटनगर ११ को जनपथ माविका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको हो । विराटनगर ८ को महेन्द्र माविमा सोमबार आयोजित कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले विद्यार्थीका […]

जिल्ला अस्पताल धनकुटा मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिने

विराटनगर १२ जेठ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पताल धनकुटा मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गर्ने नीतिगत निर्णय गरेको छ । बैठकले खोटाङ जिल्ला अस्पतालको हालको १५ सैय्यालाई बढाएर ५० सैय्यामा विस्तार गर्ने निर्णय पनि गरेको छ। यो प्रकृया आजबाट नै सुरु भएको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री […]

मानगढ खानेपानीको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित

विराटनगर १२ जेठ । मानगढ खानेपानी आयोजना व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित हुनु भएको छ । नेकपा एमाले संस्थापन पक्ष र नेपाली कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमाले बिद्रोही समूहबाट भट्टराई अध्यक्षमा निर्वाचित हुनु भएको हो । आज विहान घोषित अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त […]

कोशी प्रदेश सरकार विकास निर्माणमा अव्वल : मुख्यमन्त्री कार्की

विराटनगर १२ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार विकास निर्माणमा अवव्ल रहेको बताउनु भएको छ । सङ्घीय संसद राष्ट्रिय सभा सचिवालय काठमाण्डौँद्वारा आज यहाँ आयोजित राष्ट्रिय सभाका सदस्यहरु र प्रदेश सभाका सदस्यहरु वीच आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले जनताको चाहना र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखि कार्य गरिरहेको धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले […]

माइती नेपाल र यातायातकर्मीवीच मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया

विराटनगर, जेठ ११ । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । सफारी, अटो तथा मिनी बस चालकहरूलाई माईती नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणबारे सचेत बनाएको थियो । यातायातकर्मीहरू मानव ओसारपसारमा अनजानेमा सहायक बन्न सक्ने सम्भावना भएकाले उनीहरूलाई जानकारीमूलक तालिम तथा अन्तरक्रियामा समावेश गरिनु अत्यन्त आवश्यक रहेको माइती नेपालले […]