विराटनगर, २४ असार । प्रदेश नंं. १ को नामकरणका लागि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो । बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले […]
विराटनगर, २१ असार । धनकुटाकी हिमा बस्नेत (भट्टराई) प्रदेशसभा सदस्यमा मनोनित हुनुभएको छ । प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि खातुनले राजिनामा दिएपछि समानुपातिक तर्फ एउटा सिट खालि भएको थियो । नेकपा एमालेको समानुपातिकबाट प्रदेश […]
विराटनगर, २० असार । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण सम्पन्न गर्ने प्रवृत्ति रहँदै आएको छ । ठेकेदार कम्पनीको यसै प्रवृत्तिलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले निर्माणको अनुगमनलाई तीव्रता दिएको छ । महानगरले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारको भुक्तानी रोक्ने तयारी थालेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको […]
विराटनगर, १९ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि लागि ल्याएको विधियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभा बैठकले बहुमतबाट विधेयक पारित गरेको हो । प्रदेश १ सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको थियो । […]
विराटनगर, १९ असार । प्रदेश–१ सरकारले ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका प्रदेश १ का खेलाडी सम्मान गरेको छ । प्रदेश १ सरकारले पहिलो पटक ओलम्पिक, एसियन र साफमा प्रतिनिधित्व गरेको खेलाडीलाई सम्मान गरेको हो । प्रदेश खेलकुद विकास बोर्डले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र राईले खेलाडीहरुलाई सम्मान गर्नुभयो । खेलाडीहरुलाई हौसला […]