विराटनगर, ९ साउन । मोरङको लोहन्द्राखोलामा निर्माण सम्पन्न गरिएको पुल आज देखि सञ्चालन भएको छ । सुनसरी–मोरङ सिँचाई आयोजना विराटनगरको चतरामूल नहरको ४१ किमी स्थित सो नहरको साइफन र पुल २०७४ सालको बाढीले बगाएको थियो । बाढीले पुल बगाएको पछि सो देखि पूर्वतर्फको १० हजार हेक्टर जग्गामा नहरको पानी पुग्न सकेको थिएन भने यातायातका लागि […]
विराटनगर ९ साउन । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले छात्राहरुलाई समस्याहरु नलुकाउन आग्रह गर्नु भएको छ । समस्याहरु विद्यालयमा शिक्षकलाई, घरमा अभिभावकलाई पनि भन्न सक्नु भएन भने आफुलाई भन्न आग्रह गर्नुभयो । उपप्रमुख कार्कीले भन्नुभयो,‘ तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु […]
विराटनगर ४ साउन । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयरसमेत रहनुभएकी न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । जुन प्रतिशतको हिसाबले ८८ दशमलव १९ प्रतिशत हो । कार्कीका अनुसार सबैभन्दा बढी वडा […]
विराटनगर १ साउन । शिक्षादीप कलेज विराटनगरले प्रेस्टिजियस प्लस टु अवार्ड आउट अफ भ्याली सम्मानद्वारा सम्मानित भएको छ । आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा कलेजलाई सम्मान गरिएको हो । शिक्षादीप कलेजले काठमाण्डौ भ्याली बाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरेको थियो । भ्याली बाहिर सबैभन्दा धेरै विद्यार्र्थी भर्ना हुनेमध्येको एक कलेजको […]
विराटनगर ३० असार । सरोज सिंह र अंशु मण्डलले मदन भण्डारी स्मृति माध्यमिक विद्यालय स्तरीय खुला ‘क्यापिटल हाफ म्याराथुन’को उपाधि जितेका छन् । शनिबार विराटनगरमा नेपाल खेलकुद महासंघ मोरङले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ दमक बहुमुखी क्याम्पसका सरोजले १६ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै उपाधि जिते । छात्रातर्फ विराटनगरको आदर्श माविकी अंशुले १८ मिनेट ५० […]