शिक्षादीप कलेज विराटनगरलाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड’

विराटनगर १ साउन । शिक्षादीप कलेज विराटनगरले प्रेस्टिजियस प्लस टु अवार्ड आउट अफ भ्याली सम्मानद्वारा सम्मानित भएको छ ।
आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा कलेजलाई सम्मान गरिएको हो । शिक्षादीप कलेजले काठमाण्डौ भ्याली बाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरेको थियो ।

भ्याली बाहिर सबैभन्दा धेरै विद्यार्र्थी भर्ना हुनेमध्येको एक कलेजको रुपमा शिक्षा दीप दरिएको छ । साथै यस कलेजको भौतिक पूर्वाधार, अनुशासन, पठनपाठन, कक्षा ११ र १२ को नतिजा, चिकित्सा शिक्षा र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीहरुको संख्या तथा विगत पाँच वर्षदेखिको विद्यार्थी भर्नादर र कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थीहरुको रोजाइ भएको आदिका आधारमा शिक्षादीपलाई उत्कृष्ट कलेजको रुपमा छनौट गरिएको आयोजकले जनाएको छ ।

सम्मान कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्रमा निजि क्षेत्रको ठूलो योगदान रहेको बताउनु भयो । त्यसैगरी मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालले विदेश जाने विद्यार्थीको लर्कोलाई रोक्न सक्ने स्वरोजगारमुखी शिक्षा आवश्यक रहेको बताउनुभयो । नेपाली काँग्रसकी सहमहामन्त्री डाक्टर डिना उपाध्याय, राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मालगायतले शिक्षा विकासमा निजी क्षेत्रको भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।

केन्द्रविन्दु डटकमले आयोजना गरेको कार्यक्रममा शिक्षाविद्हरु प्राडा सुरेशराज शर्मा, प्राडा तीर्थराज खनियाँ, प्राडा उपेन्द्र कोइराला, प्राडा विद्यानाथ कोइराला, नारायण कोइराला, हिसानका अध्यक्ष रमेश सिलवाललगायत सम्मानित हुनुभएको थियो ।