विराटनगर ८ वैशाख । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । सो घटनामा […]
विराटनगर ७ वैशाख । गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर […]
विराटनगर ७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा आउनु संवैधानिक कानुन र अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरागर्दै उहाँले हाम्रा पूर्व उराष्ट्रपतिले पार्टीको सिपाहीको काम गर्ने इच्छा अनुसार उहाँले केही कुराले पनि नरोक्ने प्रष्ट पार्नु भयो । पूर्वप्रधानमन्त्री दाहालले भन्नु भयो,‘ […]
विराटनगर ६ वैशाख । मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालको आफ्नै भवन निर्माण कार्य असुरु भएको छ । बुधबार उर्लाबारी–६ स्थित निर्माणाधीन बसपार्कको उत्तरतर्फ क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले भवनको शिलान्यास गर्नुभएको छ । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १० लाख रुपैयाँ र सामाजिक विकास मन्त्रालयबाट ७ […]
विराटनगर ६ वैशाख । तेली साह समाज मोरङ जहदाको ८ औं साधारण सभा आज सम्पन्न भएको छ । जहदा गाउँपालिका वडा नं. ३ मा अवस्थित तेली साह समाज जहदाले ८ औं साधारण सभा सम्पन्न गरेको हो । साधारणसभाले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा सोहितकुमार साह, उपाध्यक्षमा रामदेव साह, सचिवमा […]